नेभिगेशन
अर्थ विविध

खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्ति अन्त्य होस् : जनार्दन शर्मा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन् । आज (मंगलबार) काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै नभइ नेपालीहरूको सपना पूरा नहुने समेत बताए ।

खोलाको लाइसेन्स लगानी गर्न सक्नेलाई दिएको हो वा नसक्नेलाई भन्नेबारेको हिसाब किताब पनि आफूले खोज्ने उनले बताए । एउटा व्यक्तिलाई योजनाहरूको लाइसेन्स थुपारिदिँदा अन्य उर्जा उत्पादन गर्न खोज्नेहरूले योजना नपाइरहेको उनले बताए । आज दर्जनौं परियोजनाहरू एउटा विशेष कम्पनीको नाममा, व्यक्तिका नाममा दर्ता गराइएको र उनीहरूले लगानी नगरिरहेको परिस्थिति रहेको उनको भनाइ छ ।

यो अवस्थाको अन्त्य गर्न छुट्टै नीति ल्याउनुपर्ने उनले बताए । उपमहासचिव शर्माले विद्युत खरिद गरेर देश समृद्ध बन्ने नभइ विद्युतको खपतबाट मात्रै देश समृद्ध बन्ने बताए । जलाशययुक्त आयोजना सरकारले बनाउनु पर्ने उनले बताएका छन् । समय बितिसकेपछिको उर्जा उत्पादनको अर्थ नरहने पनि उनले बताए । कानूनमा कडाइ गरेर र लगानीकर्तालाई सताएर देशको विकास हुन नसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

आहा ! ढोरपाटन