Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार

बिहीबार, फागुन ३, २०८०

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ ।

परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौँको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

उनले भने, “हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ, विस्तृत विवरण आज सार्वजनिक गरिने छ ।”

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्