Nic Ad Nic Ad
Nic Ad Nic Ad

गार्गी कन्या गुरुकुलको पहिलो महायज्ञको तयारी पुरा 

आइतबार, माघ २८, २०८०

काठमाडौँ– नेपालको पहिलो समावेशी गुरुकुल गार्गी कन्या गुरुकुलको आयोजनामा हुन लागेको पहिलो महायज्ञको तयारी पुरा भएको छ । 

फागुन १ देखि शुरु हुने सप्ताह ज्ञानमहायज्ञको तयारी पुरा भएको आयोजकले जनाएको छ । आइतबार काठमाडौं पत्रकार सम्मेलन गरीे महायज्ञको तयारी अन्तिम चरणमा रहेको आयोजले जानकारी दिएको हो । दाताहरुको सहयोगबाट गुरुकुल सञ्चालनमा रहेतापनि दीगो आर्थिक स्रोतका जुटाउन अक्षयकोष स्थापनाको लागि महायज्ञको आयोजना गरिएको गुरुकुलका संरक्षक डा.गुरु प्रसाद सुवेदीले बताए ।

नौ दिनसम्म चल्ने महायज्ञमा करिब ३ करोड अक्षककोषमा जम्मा हुने अपेक्षा गरिएको छ । निशुल्क आवासिय सुविधासहित ८० कन्या अध्ययनरत गार्गी कन्या गुरुकुलले शैक्षिक ब्यवस्थापनमा समस्यामा रहेको भन्दै महायज्ञको आयोजना गरेको सुवेदीले जानकारी दिए ।

 फागुन १ देखि शुरु हने महायज्ञको राष्टपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । महायज्ञको प्रमुख बाचकको रुपमा प्रखर भागवत बाचक पण्डित कुबेर सुवेदी रहेका छन् । साथै, गुरुकुलका बालिकाहरुको शात्रिय प्रवचन, नृत्य,गायन,बाद्यवाधनको  प्रस्तुती रहनेछ । वनकाली स्थित सुमार्गी भवनमा हुने महायज्ञमा सहयोगको लागि आयोजकले सबैसँग अपिल समेत गरेको छ । नेपालकै प्रसिद्ध विदूषी स्वर्गीय अंगुरबाबा जोशीको विशेष सदिच्छाअनुसार काठमाडौंमा २०६७ सालदेखि ग्रागी कन्या गुरुकुलको स्थापना गरिएको हो । 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्