Nic Ad Nic Ad
Nic Ad Nic Ad

युवक हत्या प्रकरणमा सहायक हवल्दारसहित २ जना पक्राउ

आइतबार, माघ २८, २०८०

काठमाडौँ - कञ्चनपुरको लालझाडी गाउँपालिका-३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु प्रकरणमा पाँच महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ का महेश चौधरी र चेतराज भण्डारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । पक्राउ पर्ने चौधरी प्रहरी सहायक हवल्दारसमेत हुन् ।

उनका अनुसार उनीहरूलाई केही दिनअघि मात्र इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्