नेपाल–चीन सम्बन्ध

नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल खेल हुने 

बिहीबार, माघ २५, २०८०

काठमाडौँ– आगामी माघ २७ गते नेपाल र चिनियाँ युवा टोलीबीच दशरथ रंगशालमा मैत्रीपूर्ण फुटबल प्रतियोगीता हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएको हो । 

नेपालको युवा फुटबल टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली नेपाल आइसकेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा  नेपालस्थित चिनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए । 

खेल तीन बजेदेखि सुरु हुने र त्यसअघि कुटुम्व ब्याण्डको सांगेतिक कार्यक्रमका साथै चिनिया ड्रागन शो लगाएतका कार्यक्रम हुने उनले बताए । खेलका लागि साधारण प्याराफिटतर्फ ३ सय र भिआइपी प्याराफिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको प्रवक्ता शाहले बताए ।

मैत्रीपूर्ण खेल आयोजनाले नेपाली युवा फुटबल खेलाडीहरुलाई थप उत्साहका साथ नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने एन्फाको विश्वास छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्