५.७४ अंकले बढ्याे नेप्से परिसूचक

बिहीबार, माघ २५, २०८०

काठमाडौं- नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार ५.७४ अंकले बढेको सेयर बजार २०९६.३८ विन्दुमा पुगेर बन्द भएको छ । 

नेप्सेमा कुल ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १५७ कम्पनीको सेयरमूल्य बढ्दा ८२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर छ । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्