Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यानडाविरुद्ध नेपालले गुमायाे पहिलाे विकेट

बिहीबार, माघ २५, २०८०

काठमाडौं - नेपालले पहिलो ओडीआई खेलमा क्यानडाविरुद्ध ओपनर आसिफ शेखलाई ८ रनमा गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले पहिलो पावर प्ले (१० ओभर)को समाप्तिमा एक विकेट गुमाएर ५३ रन जोडेको छ ।

नेपालबाट हाल क्रिजमा रहेका कुशल भुर्तेल ३६ र कप्तान रोहितकुमार पौडेल पाँच रन बनाएर खेलिरहेका छन् । नेपालले अर्का ओपनर आसिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमाएको थियो ।

यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।

 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्