सर्वोच्च अदालत

भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर

मंगलबार, माघ १६, २०८०

काठमाडौँ- भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिवानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर गरेको छ । नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि छ ।

न्यायाधीशहरू डा. कुमार चुँडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसला सदर गरेको हो ।

यो फैसलासँग भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर, जरिवाना र ब्याज बापत कम्तीमा २ अर्ब रुपैयाँ हाराहारीको रकम राज्यकोषमा बुझाउनुपर्ने राजस्व प्रशासन स्रोतको भनाइ छ ।

यो फैसलाले सर्वोच्च अदालतमा विचाराधीन करिव डेढ सय हाराहारीको संख्यामा रहेका नक्कली भ्याटबिलका मुद्दाहरूलाई समेत दिशानिर्देश गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्