Nic Ad Nic Ad
Nic Ad Nic Ad

साढे ३ लाखले लिए विदेश जान श्रम स्वीकृति

सोमबार, माघ १५, २०८०

काठमाडौँ– चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ । 

samridhi jewllers

वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो ।

विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनुसार गत आवको सोही अवधिमा चार लाख १४ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।उनले भने, “पुसमा ६५ हजार आठ सय १३ जना नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो ।”

चालु आवको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन, भदौको तुलनामा मङ्सिर र पुसमा भने बढेको विभागको भनाइ छ । –रासस

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  २१:१०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार