Nic Ad Nic Ad
Nic Ad Nic Ad

२२ वर्षीय सिनर बने अस्ट्रेलियन ओपनको च्याम्पियन

आइतबार, माघ १४, २०८०

एजेन्सी– इटालिका २२ वर्षीय यूवा खेलाडी जनिक सिनरले अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । 

पहिलो पटक ग्रान्डस्लाम उपाधि जित्ने क्रममा सिनरले रुसका डेनियल मेदभेडेभ विरुद्ध २ सेटमा पछि परेको अवस्था उल्टाउँदै उपाधि हात जितेका हुन् । 

सिनरले पाँच सेटको रोमाञ्चक खेलमा मेदभेडेभलाई ३–६, ३–६, ६–४, ६–४, ६–३ को सेटमा पछि पार्न सफल भए । ३ घण्टा ४४ मिनेट चलेको खेलमा सिनरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछि शानदार पुनरागमन गर्दै लगातार तीन सेट जितेर उपाधि हात परेका हुन् । 

२२ वर्ष १६५ दिनका सिनर अस्ट्रेलियन ओपन जित्ने पहिलो इटालियन खेलाडी समेत बन्न सफल भएका छन् । सिनरले यसअघि सेमिफाइनलमा १० पटकको अस्ट्रेलिया ओपन विजेता नोभाक जोकोभिचलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएका थिए ।

यसअघि सिनर २०२० मा भएको फ्रेन्च ओपनको क्वार्टरफाइनल, २०२३ मा विम्बल्डनको सेमिफाइनल र २०२२ को युएस ओपनको क्वाटरफाइनल सम्म पुगेका थिए । सिनर २००८ पछि प्रतियोगिता जित्ने सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन् । यसअघि सन् २००८ मा नोभाक जोकोभिचले २० वर्ष २५० दिनको उमेरमा उपाधि जितेका थिए ।

ग्रान्डस्लाम जित्ने तेस्रो इटालियन बनेका सिनर अस्ट्रेलियन ओपन जित्ने पहिलो इटालियन खेलाडी बने । यसअघि निकोला पिएट्रान्जेलीले सन् १९५९ र १९६० मा फ्रेन्च ओपनको उपाधि जितेका थिए । त्यस्तै सन् १९७६ मा एड्रियानो पानाट्टाले पनि फ्रेन्च ओपन जितेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्