नेभिगेशन
सुरक्षा–अपराध
सामूहिक हत्या घटना

२ जना पुरुषको हत्या गरी फरार महिला २० वर्षपछि पक्राउ

काठमाडौँ– कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी संखुवासभाकी कैली तामाङलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । 

साविक सिद्धकाली गाविस–२ की ३५ वर्षीया तामाङलाई बुधबार संखुवासभा इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । फरार

प्रहरीका अनुसार उनीमाथि वि.सं. २०६० सालमा दुईजना पुरुषको सामूहिक हत्या घटनामा संलग्न रहेको अभियोग थियो । जिल्ला अदालत संखुवासभाको २०६६ फागुन १२ गतेको फैसलाले कर्तव्य ज्यान कसुरमा उनलाई २० वर्ष कैद सजाय सुनाएपछि उनी फरार भएकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ

सीआईबी चिफ!