नेप्से ५४ अंकले बढ्दा ८ अर्बकाे कारोबार

मंगलबार, माघ २, २०८०

काठमाडौं- सेयर बजारमा मंगलबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ५४ अंकले बढेर २,१७५ दशमलव १७ को विन्दुमा कायम भएको हो।

मंगलबार २०९ कम्पनीको शेयर मुल्य बढेको छ भने ३६ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा ३०४ कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोडमाथिको शेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, निफ्राको २३ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १७ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज बुटबल पावर कम्पनी, यूनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन र नेपाल वेयरहाउजीङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै ज्योति विकास बैंक वण्डका इकाईधनीले गुमाएका छन् । आज यस वण्डका इकाइधनीले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्