एनएमबी बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन

शुक्रबार, पुस २७, २०८०

काठमाडौँ- एनएमबी बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा हिजो राष्ट्रिय सभागृहमा २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ-आफ्नो विचार समेत व्यक्त गरेका थिए । साथै निर्वाचित सञ्चालकहरूसमेतको सोही मितिमा बसेको बैठकले मनोजकुमार गोयललाई अध्यक्षमा चयन गरेको छ ।

संस्थापक शेयरधनीहरुको तर्फबाट अध्यक्षसहित जीवनकुमार कट्वाल तथा सर्वसाधारण शेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् ।

एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दिक प्रकाशलाई मनोनीत गरी पठाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्