राष्ट्रपति रनिङ सिल्डको उपाधी राइनास नगरपालिकालाई 

बुधबार, पुस २५, २०८०

लमजुङ– लमजुङमा आयोजित जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधी  राइनास नगरपालिकाले हात पारेको छ ।

क्व्होलासोथार गाउँपालिका ३, स्मार्ट भिलेज सुखी गाउँ घलेगाउँमा आयोजना गरिएको जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा राइनास नगरपालिकाले उपाधी हात पारेको हो । 

प्रतियोगितामा १३ स्वर्ण, ९ रजत र ७ कास्यसहित राइनास उपाधी जित्न सफल भएको हो ।  ११ स्वर्ण, ९ रजत र ४ कास्यसहित बेंसीशहर नगरपालिका द्धितीय बनेको छ । ६ स्वर्ण, ११ रजत र ८ कास्यसति सुन्दरवजार नगरपालिका तृतीय बनेको छ ।

यस्तै महिला भलिबलमा बेंसीशहर नगरपालिका प्रथम, मर्स्याङ्दी गाउँपालिका द्धितीय र राइनास नगरपालिका तृतीय बनेको छ । पुरुषतर्फ मध्यनेपाल नगरपालिका प्रथम, राइनास नगरपालिका द्धितीय र मर्स्याङ्दी गाउँपालिका तृतीय बनेको छ ।

प्रतियोगितामा छात्राछात्र हाइजम्म, लङजम्प, त्रिपलजम्प, सर्टफुट, १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १ हजार ५ सय मिटर, ३ हजार मिटर दौड, १ सय इन्टु ४ रिले दौड  प्रतियोगिता समेत सञ्चालन गरिएको थियो ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकाका  खेलाडी सहभागि रहेको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  २१:५६
प्रतिक्रिया दिनुहोस्