टिप्पणी

आशामा रहेका तर नभागेका राजा ज्ञानेन्द्र

मंगलबार, पुस २४, २०८०

काठमाडौंभनिन्छ, हिम्मत, आत्मविश्वास, आत्मसम्मान नगुमाएको मानिस जहिल्यै पनि राजा रहन्छन्। यहि झझल्को यसै साता राजा ज्ञानेन्द्रले देखाएका थिए, भाषणमा। अनि, यहि व्यवाहार देखाइरहेका छन् गद्दी गुमाएको १६ बर्षको अवधिमा पनि।

उनीसँग जनतासितको भरोषा , आशा छ। दन्त्यकथादेखि इतिहासका अनेक देशका राजाको भगौडा कथा सुनिरहेका नेपालीका लागि उनको भूमिका अझ ऐतिहासिक रक्तपात नचाहेका देश छाडेर नभागेका राजा, अझै आशामा जीवित जनताप्रति समर्पित। 

भैरहवा, पूर्वी नवलपरासी रुपन्देहीमा भएका नागरिक अभिनन्दनका सहभागीको संख्या देखेपछि राजा ज्ञानेन्द्र फेरि पनि राष्ट्रको प्रमुख केन्द्रमा फर्किन सकिने आशामा छन्। त्यसैले जनता अझ उद्वेलित हुनेगरी उनले भने,‘ भागेको छैन, यहिँ छु। तपाईहरूमाझ छु।

हुन पनि उनको उपस्थितिमा सर्वसाधारण जनताको सहभागीता असामान्य देखिएको थियो। धार्मिक संघसंस्थादेखि युवासम्मको उपस्थितिले गणतन्त्रलाई धक्का दिन सक्ने स्थिति आइरहेको प्रतीत हुने गरेको टिप्पणी पनि भएका छन्।

उनले भनेका थिए,‘ जता जाऊँ, जहाँ पुगूँ, जनआवाज उठेको सुन्छु मलाई आऊ, हाम्रो देश बनाऊ देश बचाऊ भनेको सुन्छु। जनताको नजरबाट आफू कतै नगएको उनको भनाइ थियो।  ‘नेपालीहरूको सुखदुःख, सुविधाअसुविधा, बाधापीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु, उनले भने।

देश जर्जर बनेको तथा बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरू विदेश जान बाध्य भएका उल्लेख गर्दै उनले थपे, ‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर, असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको , यस्तो अवस्थाको अन्त्य हुनै पर्दछ

उनले नाम नलिई राजनीतिक दलका नेताहरूको आलोचना गर्न भ्याए पूर्व राजा शाहले भने, ‘अनुहार फेरी फेरी षड्यन्त्र नगर। अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर सुधार गर्नैपर्नेमा जोड दिँदै पूर्वराजा शाहले आफू मात्र सही भन्न छाड्नुपर्ने धारणा राखे विगतका सबै दुःख बिर्सिन घृणाको आगो मिलेर निभाउन आग्रह गर्दै शाहले भने, ‘अब भाँच्चिएका टुक्राहरू जोडिदेऊ। उत्पीडनको गुनासो कहिलेसम्म सुन्न ? पहिले अन्याय, अत्याचारबाट मुक्त गरिदेऊ। अनुहार फेरिफेरि षडयन्त्र नगर। त्यस्ता चालबाट आफूलाई बचाइदेऊ।

राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गएको उनको टिप्पणी थियो। आफू नेपालीकै बीचमा रहेको बोलिरहेको उनले बताए। कार्यक्रममा शाहले भने, ‘ बोलिरहेको छु, देश बचोस्, देश बनोस् भन्ने पुख्यर्याैली भावना पोखिरहेको छु।

नागरिक अभिनन्दनअघि राप्रपाका नेतासँग उनले अहिलेको राजनीतिक परिवेशका विषयमा ब्रिफिङ सुनेका थिए। लोकतान्त्रिक गणतन्त्र असफलतातिर लम्किएका बेलामा संवैधानिक रुपमा नै फर्किन सकिने स्थितिबारे पनि ज्ञानेन्द्रको चासो थियो।

राजसंस्था फर्काउने विभिन्न विकल्पबारे उनका नाती हृदयेन्द्र शाहकोे विषयमा पनि चर्चा भएको थियो। यो विषयमा पनि ज्ञानेन्द्र सकारात्मक रहेको बताइन्छ।हामीलाई व्यक्ति होइन, राजसंस्था चाहिएको हो। तर, त्यसको जिम्मेवारी पृथ्वीनारायण शाहको कुलवंशबाट नै हुनुपर्छ भन्ने मान्यता हो, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्,‘विदेशीको आदेशमा आएको गणतन्त्र असफल भइसकेको , हामी मौलिक व्यवस्थामा फर्किनुको विकल्प छैन।

जसरी एउटा सिंहलाई कुनै कारणका लागिजंगलको राजा भनिन्छ। सत्ता शासनमा उदाएका भ्रष्टहरूको हद पारसम्म पनि धैर्यताका साथ जनताको प्रतिक्रिया आक्रोश सुनिरहेका ज्ञानेन्द्रलाई पनि राजा भन्नुको कारण छ। राजा कुनै व्यक्ति नभएर यो एउटा व्यवस्थाको प्रतीकका रुपा चित्रित गरिरहेका छन्, उनी।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्