वैदेशिक रोजगारीमा बायोमेट्रिक प्रणाली हटाउन माग

सोमबार, पुस २३, २०८०

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बैदेशिक रोजगारीका लागि साउदी अरव जाने व्यक्तिका लागि अनिवार्य गरिएको बायोमेट्रिक प्रणाली हटाउन माग गरेको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले साउदी अरव दूतावास काठमाडौंले कामदारलाई समय र पैसा दुवैको भार पार्ने गरि अनिवार्य गरेको बायोमेट्रिक प्रणाली कुटनीतिक पहल गरि हटाउन माग गरेको हो । 

संघका अध्यक्ष राजेन्द्र भण्डारीले बायोमेट्रिक प्रणाली साउदी अरवमा अनिवार्य नभएपनि नेपाली कामदारलाई अनावश्यक आर्थिक भार बोकाउन अनिर्वाचन गरिएको उक्त प्रणाली हटाउनुपर्ने बताए । संघले बैदेशिक रोजगारीमा जाने कामदारलाई लागू गर्न खोजिएको अनिवार्य परिक्षाको औचित्य नहेरी भार बढाउने हुँदा खारेज गर्नुपर्ने माग राखेको छ । 

त्यस्तै, निशूल्क तालिमका नाममा बनाईएको कार्यविधिको अनावश्यक मापदण्ड हटाउन पनि महासंघले माग गरेको छ भने मानव तस्करी र  विचौलियालाई फाइदा पुग्ने गरि प्रदान भइरहेको व्यक्तिगत श्रम स्वीकृति बन्द गरि संलग्नमाथि छानविन गरि कारवाही हुनुपर्ने अध्यक्ष भण्डारीले बताए । उनले वैदेशीक रोजगारलाई मर्यादित र कामदारलाई वास्तविक लागत खर्चमा पठाउन खर्च शीर्षक निर्धारण गर्नुपर्ने उल्लेख गरे ।

संघले बैदेशीक रोजगार ऐन २०६४ लाई समयसापेक्ष परिमार्जन गर्न संघसंग छलफल गरि मन्त्रालयले यथासिघ्र कार्य प्रारम्भ गर्नुपर्ने जनाएको छ । आफ्ना मागहरु राज्यकातर्फबाट सम्बोधन नभए आन्दोलनको घोषणा गरि कामदार पठाउन असक्षम रहने चेतावनी संघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्