सर्लाहीको बरहथवा अशान्तः मेयर कटवालको घरमा ढुंगामुढा, प्रहरी कार्यालयमा आक्रमण

आइतबार, पुस २२, २०८०

पर्सासर्लाहीको बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटवालको घरमा स्थानीयले ढुंगामुढा गरेका छन्। प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको प्रकरणमा प्रदर्शन गरेका स्थानीयले प्रहरी कार्यालयमा समेत आक्रमण गरेका छन्।

केही दिनअघि गोली चलाउने प्रहरीलाई जिल्लामा तानिए पनि बरहथवा अशान्त छ। गोली लागि मृत्यु भएका जशंकर साहको शव उठाउने विषयमा प्रहरी कार्यालयमा छलफल चलिरहेका बेला स्थानीयले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बन्यो।

प्रत्यक्षदर्शीका अनुसार मेयरको घरमा समेत ढुंगामुढा हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन आठ सेल अश्रुग्यास हानेको छ। स्थिति अझ बिग्रन सक्ने आँकलन गरी स्थानीय प्रशासनले बिहान बजे खोलेको कफ्र्यु फेरि जारी गरेको छ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्