अपराध

घरधनीलाई आगो लगाएर आत्मदाहको नाटक गरे, अदालतको आदेशले १० बर्ष जेल परे

शुक्रबार, पुस २०, २०८०

पोखरासमाजमा अपराध गर्ने बच्नका लागि अनेकअनेक शैली नाटक देखिन थालेको छ। तर छानबिनले सत्य तथ्य पत्ता लगाएरै छाड्छ।

सामाजिक अपराधको एउटा यस्तै नमूना कास्की जिल्लाको काहुँखोलामा देखियो। 

मादी गाउँपालिका घर भई पोखरा१३, काहुँखोला बस्दै आएका कृष्णबहादुर क्षेत्रीले दुई एक बर्षअघि घरधनी संगीता सापकोटालाई आगो लगाएर हत्या गरेको ठहर भएको छ। जबकि, उनले आत्मदाह गरेको भनी प्रहरीलाई खबर गरेका थिए बचाउन जाँदा आफू पनि जलेको बताएका थिए। आफूलाई पनि उनले केही भागमा आगो लगाएका थिए।

अघिल्लो बर्षको माघ १५ गते काहुँखोलामा ३५ वर्षीया सापकोटालाई आगो लगाएर हत्या गरेका आरोपमा जिल्ला अदालत कास्कीले भदौ १८ गते क्षत्रीलाई दोषी ठहर गरी जेल सजाय सुनाएको थियो। तर, उनी फरार रहेका थिए।

१० वर्ष कैद लाख हजार जरिवाना सुनाएपछि धरौटीमा रिहा भएका थिए तर दोषी करार गरी जेल सजाय तोकेपछि भने फरार थिए, जसलाई प्रहरीले पक्राउ गरीसकेको छ।

क्षेत्रीलाई बिहीबार पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको हो।

सापकोटाले आफैंलाई पेट्रोल छर्केर आगो लगाएको खबर फैलिएको थियो। क्षत्रीले आफूलाई पनि आगो लगाए। घटनामा घाइते दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

घाइते सापकोटाले उपचारकै क्रममा ज्यान गुमाइन् भने घाइते क्षेत्री निको भए।सापकोटाका आफन्तले उक्त घटना आत्महत्या नभई हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए।

अनि प्रहरीले अनुसन्धान गर्दा घटनामा क्षत्रीको संलग्नता रहेको खुल्यो।विविध कारण समेत खुलेका छन्। त्यसलाई अदालतले नजरअन्दाज नगरी अभियुक्तलाई अपराधी करार गर्दै जेल सजाय सुनायो, कास्की प्रहरी स्रोतले भन्यो,‘त्यसपछि उनी फरार रहेका थिए। प्रहरीले खोजी कार्य जारी राखेको थियो। यसमा सफलता मिल्यो।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्