सेयर बजारमा ८.७१ अंकले घट्यो

बिहीबार, पुस १९, २०८०

काठमाडौं- साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव ७१ अंकले घटेर २,०४९ को विन्दुमा झरेको हो।

बिहीबार ११३ कम्पनीको शेयर मुल्य बढेको छ भने १२८ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजर १०१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको १९ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १८ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्