Nic Ad Nic Ad
Nic Ad Nic Ad
३१ औं त्रिवेणी कप फुटवल प्रतियोगिता

लमजुङमा राष्ट्रव्यापी त्रिवेणी कप सुरु, विजेतालाई ८ लाख 

बिहीबार, पुस १२, २०८०

बेसीशहर– लमजुङको  सदरमुकाम बेसीशहरमा ३१ औं त्रिवेणी कप फुटवल प्रतियोगिता विहिबारबाट सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य एवं आयोजक त्रिवेणी युवा क्लवका पूर्वअध्यक्ष भेषबहादुर पौडेलले  गरेका हुन् । 

पूर्वअध्यक्ष पौडेलले  लमजुङको त्रिवेणी खेलमैदानलाई थप व्यवस्थित गर्न  प्रदेश सरकार ले सहयोग गर्ने बताए । उनले जिल्लाको मात्र नभई प्रदेशमै खेलकुदको क्षेत्रमा त्रिवेणी कपले ठूलो भूमिका खेलेको छ खेल मैदानलाई व्यवस्थित गर्न सबैले सहयोग गर्नुपर्छ । यस्तै बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सहजी खेल मैदान बेंसीशहरको गहना भएको भन्दै यसलाई थप व्यवस्थित गर्न नगरपालिकाले बजेट विनियोजन गर्ने बताए  ।  

त्रिवेणी रंगशाला सहजी खेलमैदानमा भएको उद्घाटन खेलमा सुन्दरबजार फुटवल क्लवले आयोजिक त्रिवेणी युवा क्लवलाई ३–१ गोल अन्तरले हराएको छ ।

शुक्रबार तीन खेल हुने आयोजकले जनाएको छ ।  कूल २१ टिमले सहभागिता जनाएको प्रतियोगितामा विभागीय टिमहरु त्रिभुवन आर्मी, महेन्द्र पुलिस क्लव साथै क्वीन गोर्खाज युकेलगायत प्रतिष्ठित टीमहरुले भाग लिएका छन् । 

३१ औं त्रिबेणी कपमा विजयी टीमलाई ८ लाख रुपैयाँ, त्रिवेणी कप, जनही स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । उपविजेताले ४ लाख रुपैयाँ, जनही रजतपदक र प्रमाणपत्र पाउनेछन् । सेमीफाइनल पराजित २ टीमलाई १–१ लाख रुपैयाँ प्रदान गरिने भएको छ । सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २०–२० हजार रुपैयाँ दिइने आयोजक त्रिवेणी युवा क्लवले जनाएको छ  । 

जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष राज कुमार घिमिरेले बताए। 

जिल्लाकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता प्रारम्भिक वर्षहरूमा खेतका गराहरू भाडामा लिएर एउटा खसीसहित तीन हजार रुपैयाँको प्रथम पुरस्कार राखेर आयोजना गरिएको प्रतियोगिता ३१ वर्षको अवधिमा प्रथम पुरस्कार आठ लाख पुगेको आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष घिमिरेले बताए ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्