Nic Ad Nic Ad
Nic Ad Nic Ad

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

शनिबार, मंसिर २३, २०८०

काठमाडौँ - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्