नेपाल सुपर लिग : चितवन र बुटवलको बराबरी

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौँ - चितवन एफिसी र बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल)मा बराबरी खेल्दै अङ्क बाँडेका छन् । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा चितवन र बुटवल १–१ गोलको बराबरीमा रोकिए ।

सुरुवाती अग्रता जोगाउन नसक्दा चितवन अङ्क बाँड्न बाध्य भएको हो । चितवनका लागि उत्सव राईले ४७औँ मिनेटमा गोलको खाता खोले । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बुटवलका स्टेफन समिर बियोङले गोल गर्दै खेललाई बराबरीमा सकेको थिए ।

बराबरीसँगै चितवनले चार खेलबाट पाँच अङ्क बनाएको छ । बुटवलको समान खेलबाट चार अङ्क पुगेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०६:२६
प्रतिक्रिया दिनुहोस्