सेयर बजारमा सामान्य सुधार, कारोबार भने खुम्चियो

बुधबार, मंसिर २०, २०८०

काठमाडौं- सेयर बजारमा आज झिनो सुधार आएको छ।

बुधबार नेप्से परिसूचक ३.३३ अंकले बढेर १८४१.०४ को विन्दुमा पुगेको हो। झिनो अंकले बढेको बजारमा आज कारोबार भने हिजोको तुलनामा घटेर १ अर्ब १४ करोड रुपैयाँमा सीमित बनेको छ।

आज १२१ कम्पनीको शेयरभाउ बढेको भने १०६ कम्पनीको घटेको छ । यस्तै १३ वटा कम्पनीको स्थिर रहेको छ।

आज २९३ कम्पनीका ३७ लाख ५५ हजार १२४ कित्ता शेयर १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२।७८ रुपैयाँमा किनबेच भएका छन्।

बुधबार रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ७ करोड ३४ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार