Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल सुपर लिग

अपराजित ललितपुरलाई रोक्दै वीरगन्जले लिगमा खाता खोल्यो

मंगलबार, मंसिर १९, २०८०

काठमाडौँ– नेपाल सुपर लिग–२ मा अपराजित ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै वीरगन्ज युनाइटेड फुटबल क्लबले पहिलो अंक जोडेको छ । 

आज भएको खेलमा ललितपुरलाई २–२ गोलको बराबरीमा रोक्दै वीरगञ्जले लिगमा खाता खोल्दै पहिलो अंक जोडेको हो । ललितपुरको भने यो लगातार तेस्रो बराबरी गर्दै ६ अंक जोडेको छ ।

खेलको १०औं मिनेटमा विलियम ओपोकुको गोलमा वीरगन्जले अग्रता लिएको थियो । सुरुवाती गोलको तीन मिनेटपछि नै इमोह इजीकीएलले गोल गर्दै ललितपुरलाई  खेलको बराबरीमा ल्याए ।

खेलको २७औं मिनेटमा ललितपुरलाई निखिलले वान भर्सेस वान प्रहारमा गोल गर्दै खेलमा २–१ को अग्रता दिलाए । 

दोस्रो हाफमा मैदान छिरेको केहीबेरमै खेलको ५२औं मिनेटमा वीरगञ्जका कृपा कान्त महतोले करिअरको पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याए । ओपोकुको ३० यार्ड टाढाबाट लिएको फ्रिकिक क्रसबारमा लागेर फर्किएपछि अनन्त तामाङलाई लागेर कृपाको अगाडी आएपछि महतोले सहजै गोल गर्न सफल भए ।

ललितपुरको ४ खेलमा ७ अंक छ । समान ७ अंक जोडेको धनगढीभन्दा ललितपुर गोल अन्तरमा पछि रहँदै दोस्रो स्थानमा छ । वीरगन्ज १ अंकसहित पुछारमा नै रहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्