Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल सुपर लिग

एनएसएल : धनगढी र ललितपुरले अंक बाँडे

शनिबार, मंसिर १६, २०८०

काठमाडौँ–  नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण अन्तर्गत दिनको दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । 

दशरथ रंगशालामा आज सम्पन्न खेल गोलरहित बराबरीसँगै दुवै टोलीले आफ्नो अपराजित यात्रा भने कायम राखेका छन् ।

दुवै टोलीले खेलमा मौकाको सदुपयोग गर्न सकेनन् । धनगढीले खेलमा धनगढीले बलियो सुरुवात गरेपनि गोलको सटिक अवसर सिर्जना गर्न सकेन । दोस्रो हाफमा पनि धनगढीले निकै अवसर खेर फाल्यो । ललितपुरले पनि सोचेअनुरुप प्रदर्शन गर्न सकेन । पहिलो खेलमा राम्रो प्रदर्शन गर्दै जित निकालेको ललितपुरले त्यसपछिको दुई खेलमा सो प्रदर्शन दोहोर्याउन सकेको छैन ।

धनगढीको तीन खेलमा सात अंक रहँदा ललितपुरको समान तीन खेलमा पाँच अंक रहेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्