Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल सुपर लिग–२

एनएसएल : इन्ज्युरी समयको गोलमा धनगढी विजयी

बिहीबार, मंसिर १४, २०८०

काठमाडौँ– नेपाल सुपर लिग–२ (एनएसएल) मा धनगढी फुटबल क्लबले बुटवल लुम्बिनी फुटबल क्लबलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा आज सम्पन्न खेलको इन्ज्युरी समयमा ओलावाले अफिजले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकको खुट्टा मुनिबाट गोल गरेपछि धनगढीले बुटवल लुम्बिनीलाई पराजित गरेको हो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्ने पर्याप्त अवसर पाएपनि सदुपयोग गर्न सकेका थिएनन् ।

तयसअघि पहिलो हाफमा धनगढीले बुटवललाई दबाबमा राखेपनि दोस्रो हाफमा भने बुटवलले पनि अवसर सिर्जना गरेको थियो । 

धनगढीको यो लिगमा दोस्रो जित हो । आजको खेलबाट अन्त्यमा गोल गर्दै धनगढी ३ अंक थपेको छ । यसअघि वीरगन्जविरुद्ध पनि अहमद हिजाजीले अन्तिम समयमा गोल गर्दै २–१ को जित दिलाएका थिए । 

धनगढी २ खेलमा ६ अंकसहित शीर्षस्थानमा उक्लँदा बुटवल बिना कुनै अंक पुछारमा छ ।

लिग अन्तर्गत शुक्रबार (भोलि) वीरगन्ज युनाइटेड फुटबल क्लब र चितवन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १९:२७
प्रतिक्रिया दिनुहोस्