Nic Ad Nic Ad
Nic Ad Nic Ad

अष्ट्रेलियासँग भारत ५ विकेटले पराजित

बुधबार, मंसिर १३, २०८०

काठमाडौँ - अष्ट्रेलियाले तेस्रो टी–२० आई सिरिजमा भारतलाई ५ विकेटले पराजित गरेको छ। योसँगै अष्ट्रेलिया पाँच खेलको सिरिजमा २–१ ले पछि छ। गुवाहाटीमा मंगलबार भएको खेलमा जितका लागि २ सय २३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले शतक बनाए । उनी एक सय चार रनमा अविजित रहे । ट्रविस हेड ३५ रनमा आउट भए । कप्तान म्याथ्यु वेड २८ रनमा अविजित रहे । भारतका रवि विश्रोईले दुई तथा आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । भारतका ऋतुराज गायकवाडले एक सय २३ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । कप्तान सूर्यकुमार यादव ३९ रनमा आउट भए । तिलक बर्मा ३१ रनमा अविजित रहे ।

अष्ट्रेलियाका जेसन बेहरनडोफ, केन रिचर्डसन र आरोन हाड्लीले एक/एक विकेट लिए । भारत पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो ।

चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतबार हुनेछ । यसअघि भएको एक दिवसीय विश्वकप क्रिकेटमा भारतलाई हराउँदै अष्ट्रेलियाले उपाधि जितेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्