Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल सुपर लिग

एनएसएल : काठमाडौँ र चितवन बराबरीमा

मंगलबार, मंसिर १२, २०८०

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौँ रेजर्स र एफसी चितवनबीचको खेल  बराबरीमा टुंगिएको छ ।

मंगलबार दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनले ८६ औं मिनेटमा गोल गरेर अग्रता लिए पनि काठमाडौंले ९२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा टुंग्याएको हो ।

८६औं मिनेटमा नवयुग श्रेष्ठको बक्सको दायाँपट्टी बाट गरेको क्रस बक्स बायाँपट्टी विमलको खुट्टामा पुग्यो। उनले उत्सव राईको लागि गर्न खिनेको कटब्याक शोखरुखको खुट्टामा लागेर पोस्टमा जान पुग्यो र आत्मघाती गोल हुन पुग्यो।  तर अन्तिम समयमा चितवनले गोल खान पुग्यो । 

काठमाडौंका जुनियर एकेनगुएले गोल फर्काएर खेल बराबरीमा ल्याएका हुन् । योसँगै काठमाडौंले एनएसएलमा दुई खेलबाट ४ अंक जोडेको छ । चितवनले पनि १ अंक जोडेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्