शेयर बजार

धितोपत्र बोर्डले गर्‍यो ८८ कम्पनीलाई कारबाही [सूचीसहित] 

मंगलबार, मंसिर १२, २०८०

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका नेप्सेमा सूचीकृत ८८ कम्पनीलाई कारबाही गरेको छ ।

बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण नबुझाएका र ढिलो बुझाउने ८८ सूचीकृत कम्पनीलाई कारबाही स्वरुप जरिवाना तिराएको हो ।

बोर्डका अनुसार कारबाही गरिएका ८८ कम्पनीमध्ये ६९ कम्पनीले ढिला वित्तीय विवरण बुझाएका थिए । उनीहरुलाई प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको बोर्डले जनाएको छ । साथै, बोर्डका अनुसार वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई भने प्रतिकम्पनी १ लाख रुपैयाँका दरले जरिवाना तिराइएको छ । 

कुन–कुन कम्पनि परे कारबाहीमा ?

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्