नेप्से परिसूचक सामान्य अंकले घट्यो

मंगलबार, मंसिर १२, २०८०

काठमाडौं- आज साताको तेस्रो दिन आज सेयर बजार घटेको छ । मंगलबार सेयर बजार नेप्से २ दशमलव १७ अंकले घटेर १,८९४ दशमलव ५३ को विन्दुमा कायम भएको छ ।

आज १०२ कम्पनीको शेयर मुल्य बढेको छ भने १२६ कम्पनीको मुल्य घटेको छ । मंगलबार २९० कम्पनीको ४७ लाख २७ हजार ९०२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै सोल्टी होटल्सको ६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ४ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्