दुई किलो कोकिनसहित विमानस्थलबाट भारतीय महिला पक्राउ

सोमबार, मंसिर ४, २०८०

काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो कोकिनसहित एकजना भारतीय महिलालाई पक्राउ गरेको छ ।

कतारको दोहाबाट काठमाडौं आएकी ती महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाही भइरहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्