कराँते प्रतियोगितामा नेपाली टिम च्याम्पियन

सोमबार, मंसिर ४, २०८०

काठमाडौं - श्रीलंकाको कोलोम्बोमा भएको १०औं अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा पाँच राष्ट्रलाई पछि पार्दै नेपालको टिम च्याम्पियन बनेको छ ।

तीन स्वर्ण, २ रजत र ३ कांस्य पदक हात पार्दै नेपाली टिम च्याम्पियन भएको नेपाल वादोरियो कराँते संघका अध्यक्ष हरिशरण केसीले जानकारी दिए ।

बन्दरागमा इन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान र माल्दिभ्सका खेलाडीहरुको सहभागिता रहेको थियो ।

नेपालको प्रतिनिधित्व गर्दै देवकुमार शाहले कुमितेमा एक स्वर्ण र कातामा १ रजत गरी दुई पदक जित्न सफल भए ।

बेद जैसवाल र अन्स चौधरीले कुमितेमा स्वर्ण पदक प्राप्त गरे । आइलेसजङ्ग थापाले रजत जिते । नितिशा श्रेष्ठ, हिमानी थापा मगर र वीरबहादुर कुमालले कांस्य पदक हात पारेको टिम व्यवस्थापक राजेन्द्र कुँवरले जानकारी दिए ।

उद्घाटन समारोहमा नेपाली खेलाडीको हौसला बढाउन श्रीलंका पुगेका न्युरोलोजिस्ट डा। लेखजङ थापाले आफ्नो कला र सीप प्रर्दशन गरी उत्कृष्ट खेल खेलेर देशलाई विश्वमाझ चिनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्