नेभिगेशन
समाज विविध

एसईईकाे रजिस्ट्रेसन फारामकाे लागि आवेदन खुला

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० विद्यार्थीका लागि एसईईको रजिस्ट्रेसन आवेदन खुला गरेको हो ।

शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा सहभागी हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो। मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ।

मङ्सिर मसान्तसम्म फाराम भर्दा ३०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६०० रुपैयाँ तोकिएको छ। दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्मको समय तोकिएको छ।

 

   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

बागमती प्रदेश सभा बैठक बस्दै