नेभिगेशन
समाज विविध

मौसम : चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।

सोमबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–बागको थोरै स्थानहरुमा तथा बाँकी भू–भागको एक–दुई स्थानगमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ । साथै देशको पहाडी भू–भागको थोरै स्थानहरुमा तथा बाँकि भू–बागको एक–दुई स्थानमा राति पनि मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा राति पनि हल्कादेखि मध्यम वर्षा / हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

बागमती प्रदेश सभा बैठक बस्दै