Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानमा पिठोमा भारी मूल्य वृद्धि 

बिहीबार, कात्तिक २३, २०८०

सरगोधा— उच्च मुद्रास्फीति र आर्थिक संकटको सामना गरिरहेका पाकिस्तानी नागरिकहरूको बीचमा, पाकिस्तानको सरगोधामा मिल मालिकहरूले २० किलोग्राम पिठोको झोलाको मूल्य  १०० पाकिस्तानी रुपैयाँ (पीकेआर) ले बढाएको  डन न्यूजले उल्लेख गरेको छ।

पाकिस्तानमा आधारित समाचार दैनिकका अनुसार नयाँ मूल्यवृद्धिसँगै २० किलोको पिठोको मूल्य २८ सय रुपैयाँ पर्छ ।

आटा मिल संघका अध्यक्ष मियाँ मोहम्मद नसीम हसन र राव साजिद महमुदले कार्यवाहक सरकारको कमजोर नीतिका कारण अहिलेसम्म गहुँको कोटा उपलब्ध नहुँदा निजी क्षेत्रबाट उच्च मूल्यमा गहुँ किनबेच गर्न बाध्य भएको बताए । 

उनीहरूले खाद्य विभागले पिठो मिल मालिकहरूलाई गहुँको कोटा जारी गर्न पनि माग गरेको डन न्यूजले जनाएको छ। संघले आधिकारिक कोटा नखुलेको खण्डमा सहुलियतमा गहुँ आपूर्ति नहुँदा प्रति बोरा पीठोको मूल्य ५० देखि १०० रुपैयाँसम्म बढ्न सक्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्