मुगु सामूहिक हत्याकाण्ड

मुगु सामूहिक हत्याकाण्ड : कुकुरसहित प्रहरीको अनुसन्धान टोली घटनास्थलमा

शनिबार, कात्तिक ११, २०८०

मुगु- मुगुको छायानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा भएकाे सामूहिक हत्याकाण्डकाे अनुसन्धान गर्न प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थल आइपुगेको छ ।

आमासहित दुई छोरा र एक छोरीको हत्याको अनुसन्धानका लागि कुकुर सहित विशेष अनुसन्धान टोली घटनास्थल आइपुगेको हाे।

छायाँनाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा १ वर्षीय छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्याको अनुसन्धान गर्न प्रहरीको अनुसन्धान टोली घटनास्थल आइपुगेको पुगेको छ। मुगु सामूहिक हत्या प्रकरणका मुख्य दोषी र घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली घटनास्थलमा खटाइएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीम ढकालका अनुसार सामूहिक हत्या काण्डको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट २ टोली मुगु खटिएका छन्। जसमध्ये एउटा टोली घटनास्थलमै पुगिसकेको र अरु दुई टोली आज मध्यान्नसम्ममा पुग्ने छ।

उनका अनुसार सुर्खेतबाट सीआईवी जस्तै विशेष अनुसन्धान गर्ने वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र अर्को कुकुर सहितको अनुसन्धान टोली रहेका छन्। एउटा टोली शुक्रबार राती कालिकोट बसेर शनिवार बिहानै मुगु पुगेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार