Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुन तस्करी प्रकरण

३५ दिनदेखि सीआईबी हिरासतमा छन् राहुल महरा, सुनकाण्डले झार्ला त पहरा?

मंगलबार, असोज १६, २०८०

काठमाडौंभेपबाट भएको सुन तस्करी प्रकरणको छानबिनका क्रममा पक्राउ गरिएका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्ण बहादुर महरापुत्र राहुल महरा ३५ दिनदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन्।

नौ किलो सुन तस्करीमा प्रहरीको अनुसन्धानमा रहेका उनीसँग बयान लिइरहेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन्। 

सीआईबीको अनुसन्धानमा सुन ल्याउने तस्कर समूहको लिंक चार्ट हेर्नुभन्दा पहिले कृष्णबहादुर महराका छोरा राहुल महराले जफत भएको भेप ल्याउने व्यक्तिलाई नै लिलामी सकार्ने गरी दिन भन्सार अधिकृतलाई आग्रह गरेकोबारे भन्सार अधिकृतले बताएका थिए।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठलाई राहुलले मोबाइलमा फोन गरी लिलामी प्रक्रियाबारे चासो राखेका थिए।

लिलाम गर्ने त भन्ने विषयमा छलफल चलिरहँदा एक व्यक्तिले त्यही सामान छ कि छैन, हो कि होइन पहिले चेक गरौं, त्यसपछि मात्रै लिलाममा जान भनिएको थियो। त्यही सामान हो कि होइन भन्ने शब्द सुनेपछि भन्सारका अधिकृतहरुलाई पनि शंका लाग्यो। त्यसपछि त्यो सामान पहिले खोलेर हेर्ने निर्णय भएको थियो।

सीआईबीको अनुसन्धानमा भन्सार एजेण्ट दिनेश बस्नेतले चोरी गरी ल्याएको भेपबाट ९ किलोग्राम सुन निकालेको बयान दिएका थिए । उक्त सुन बिक्रीबाट आफूलाई ६ करोड रुपैयाँ आएको दिनेशको बयानमा उल्लेख छ। साउन २ गतेको सुनको मूल्यलाई आधार मान्ने हो भने प्रति १० ग्राम ९६ हजार ४५० रुपैयाँ रहेको छ। यसलाई आधार मान्दा एक किलोग्राम सुनको मूल्य ९६ लाख ४५ हजार रुपैयाँ पर्छ र ९ किलोग्राम सुनको मूल्य ८ करोड ६८ लाख रुपैयाँ हुन आउँछ। तर तस्करीको सुन भन्दै मारवाडी व्यापारीहरुले प्रति तोला करिब ८० हजार रुपैयाँका दरले मात्रै चोरीको उक्त सुन किनेको दिनेशको बयानमा उल्लेख छ।

६ करोड २१ लाख रुपैयाँ हुने भएपनि धेरै सुन किनेको भन्दै उनीहरुले छुट मागेपछि दिनेशले थप २१ लाख रुपैयाँ छुट दिएको अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा उल्लेख गरेका छन्।

सबै कोणबाट अनुसन्धान जारी छन्। हामी गरिरहेका छौं, बज्राचार्य भन्छिन्,उच्च स्तरीय आयोगलाई पनि सहयोग हुनेछ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्