नेभिगेशन
सुरक्षा–अपराध

होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी

काठमाडौंसुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित उषा बालबाटिका विद्यालयमा आवासीय अध्ययन गरिरहेका एक ८ बर्षिय बालक मृत भेटिएका छन्।

वीरेन्द्रनगर नगरपालिका६ मा रहेको विद्यालयको होस्टेलमा २ कक्षामा पढ्ने बालक झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका१ का सलाम पुलामी मगर हुन्।

बालकको शव अहिलेसम्म उठाइएको छैन। आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै शव उठाउन दिएका छैनन् भने विद्यालयमा तोडफोड र आगजनी गरेका छन्।

विद्यालय क्षेत्र अहिले तनावग्रस्त छ। घटना शंकास्पद रहेको भन्दै आफन्त आक्रोशित छन्। स्थिति नियन्त्रणमा राख्न प्रहरी परिचालन गरिए पनि अवस्था तनावग्रस्त छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ

सीआईबी चिफ!