सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरण : बुधबारदेखि थुनछेक बहस हुने

मंगलबार, असोज ९, २०८०

काठमाडौँ– काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा बुधबारदेखि थुनछेक बहस सुरु हुनेछ ।

उक्त प्रकरणमा संलग्न प्रतिवादीको आज बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएकाले भोलिदेखि थुनछेक बहस सुरु हुनेछ ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्