प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

आइतबार, असोज ७, २०८०

काठमाडौँ– नेपाली सेनाका महारथी प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।

सोमबारदेखि बुधबारसम्म नयाँ दिल्लीमा हुने तेह्रौँ संस्करणको सेना प्रमुखहरुको सम्मेलनमा सहभागी हुन प्रधान सेनापति शर्मा आइतबार दिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । भारत प्रस्थान गर्नु पहिले आजै प्रधानसेनापति शर्मालाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

Nepali_sena_india visit11695563850.JPG

प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् । 

भ्रमण सकेर प्रधानसेनापति शर्मा असोज ११ गते स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्