Nic Ad Nic Ad
Nic Ad Nic Ad

पदावधि सकिएको ४ दिनपछि सेनाले माओवादी पृष्ठभूमीका अधिकारीको म्याद किन थप्यो?

शनिबार, असोज ६, २०८०

काठमाडौंनेपाली सेनाको विशेष सहायक रथी पदमा रहेका यमबहादुर अधिकारीको पदावधि सकिएको चार दिनपछि तीन बर्षका लागि म्याद थपिएको छ।

नेपाली सेनाको जंगी अड्डाले ३१ भदौमा म्याद सकिएका अधिकारीको असोजमा तीन बर्षको लागि म्याद थप्दै यसलाई निरन्तरताको प्रक्रिया भनेको थियो। सेनाले ३१ भदौको मितिदेखि नै लागु हुनेगरी म्याद थपेको जनाएको छ।

यद्यपि, यसरी म्याद थपे पनि त्यो ३१ भदौअघिको निर्णय हुनुपर्ने थियो। शान्ति प्रक्रियाका बेला माओवादी लडाकु समायोजनका क्रममा अधिकारीलाई नेपाली सेनामा सबैभन्दा ठूलो पद दिएर लगिएको थियो।

आफ्नो हात जगन्नाथ भनेजस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रधानमन्त्री भएका बेलामा अधिकारीको म्याद थपिएको हो। अमेरिका जानुअघि मन्त्रिपरिषदको बैठकबाट तीन बर्षका लागि म्याद थप्न प्रचण्डले निर्णय गरेका थिए।

तर यो निर्णयका कारण सेना सन्तुष्ट नरहेको चर्चा चलेको थियो। यद्यपि सरकारको निर्णय भएका कारण सेना बाध्य भएर म्याद थप गर्न राजी हुनुपरेको थियो।

381361456_705797528262288_1124305973526115829_n1695462658.png

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्