नेप्से ४४.३४ अंकले बढ्यो

बिहीबार, असोज ४, २०८०

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४४.३४ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ ।

यसदिन तीन अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ । गत मंगलबार भने एक अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से परिसूचक २.२३ प्रतिशतले वृद्धि भएर २०२९.७८ विन्दुमा बन्द भएको छ ।

यस दिनको कारोबारमा नेशनल हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर स्वाभिमान लघुवित्त वित्तीय संस्था रहिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएकहो हो ।

कारोबारमा आएका धितोपत्रहरुमध्ये सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको २० करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये १३ वटै समूहको परिसूचक बढेको छ । सर्वाधिक परिसूचक बढ्नेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको परिसूचक ५.३१ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्