Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रवासीको कथामा आधारित चलचित्र ‘परदेशी २’ दसैँमा प्रदर्शन हुने

बुधबार, असोज ३, २०८०

काठमाडौँ– नारायण रायमाझीले निर्देशन गरेको चलचित्र ‘परदेशी–२’ को प्रदर्शन दसैँलाई लक्षित गर्दै असोज २६ गतेलाई घोषणा गरिएको छ । 

samridhi jewllers

निर्माण पक्षले मितिसँगै चलचित्रमा समावेश ‘हिजो काम’ बोलको गीतसमेत सार्वजनिक गरेको छ । गीतमा परदेशमा बसिरहेका नेपालीको पिडालाई देखाइएको छ । 

चलचित्रमा परदेशीको जीवनमा देखाइएको निर्देशक रायमाझीले जानकारी दिए । उनले भने, “हाम्रो समाजकै कथालाई पर्दामा ल्याएको छु । मेरा अघिल्ला चलचित्रझैँ यो पनि सामाजिक विषयवस्तुमै केन्द्रित छ ।”

चलचित्रमा दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोलालगायतका कलाकारले अभिनय गरेका छन् । यसै चलचित्रबाट गायक प्रकाश सपूतले अभिनयको सुरुआत गरेका छन् । 

चलचित्रमा रमेश बिजीले कथा लेखन, मानकृष्ण महर्जनले छायाङ्कन, अष्ट महर्जनले द्वन्द्व निर्देशन, दीर्घ खड्काले सम्पादन, रामजी लामिछाने र गोविन्द राईले नृत्य निर्देशन गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्