मानव बेचबिखनमा परेका १ हजार ६ सय जनाको उद्धार
काठमाडौँ- पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५-७६ देखि आव २०७९-८० सम्ममा बेचबिखनमा परेका उनीहरूको उद्धार गरिएको हो ।
ब्युरोका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लामा रहेका प्रहरी कार्यालयबाट उद्धार गरिएको छ । ब्युरोकै पहलमा पाँच सय ४४ जनाको उद्धार गरिएको छ । यसरी उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा छ सय पाँच जना पुरुष रहेका छन् ।
आर्थिक वर्ष २०७८-७९ मा बेचबिखनमा परेकामध्ये दुई सय १४ जनाको उद्धार गरिएको एसएसपी श्रेष्ठले बताए। यस्तै आव २०७९-८० मा तीन सय ३६ जनाको उद्धार गरिएको थियो । वैदेशिक रोजगारीका नाममा बेचबिखन बढ्दो रहेको उनले बताए ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १४:१७
प्रतिक्रिया दिनुहोस्