टाइम म्यागजिनमा बालेन शाह

मेयर बालेन शाह टाइम पत्रिकाको ‘१०० नेक्स्ट’ सूचीमा

बिहीबार, भदौ २८, २०८०

काठमाडौँ– प्रसिद्ध अमेरिकी पत्रिका टाइमले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई यस वर्षका एक सय उदीयमान व्यक्ति ‘टाइम १०० नेक्स्ट’ को सूचीमा राखेको छ । 

प्रत्येक वर्ष विश्वभरिबाट राजनीति सहित स्वास्थ्य, वातावरण, खेल, व्यवसायजस्ता विभिन्न विधाका उदीयमान व्यक्तिहरू छानेर टाइमले ‘टाइम १०० नेक्स्ट’ को सूचीमा राख्ने गर्दछ । सूचीमा उनीहरूको कामको चर्चासहित विवरण  प्रकाशित गरिन्छ ।

‘टाइम १०० नेक्स्ट’ सूचीमा काठमाण्डूका युवा मेयरको नाम सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले यसबारे विभिन्न चर्चा परिचर्चा गरिरहेका छन् ।

उनलाई टाइमले  ‘२०२३ टइम १०० नेक्स्ट’ सूचीमा समावेश गर्दै उनले गत स्थानीय तहको निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीतको चर्चा गरेको छ । स्वतन्त्र उम्मेदवारी दिएका ३३ वर्षका शाहले ‘सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशाको अवसर छोप्दै ‘बालेन प्रभाव’ सिर्जना गरेको’ टाइमले उल्लेख गरेको  छ ।

balen shah tine1694699272.JPG

बीबीसी का अनसार नेपालको ३८५ जना स्वतन्त्र उम्मेदवारले स्थापित राजनीतिज्ञहरूलाई हराउन सफल भएको समेत टाइमले उल्लेख गरेको छ।

यसअघि द न्यू योर्क टाइम्सले गत मे महिनामा बालेनबारे एउटा लामो सामग्री प्रकाशित गरेको थियो । टाइमको १०० नेक्स्ट सूचीमा पर्नुलाई ठूलो उपलब्धि भन्दै धेरैजसोले सामाजिक सञ्जालमार्फत मेयर बालेनलाई बधाई दिइरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्