१० अंकले बढ्यो नेप्से

आइतबार, भदौ २४, २०८०

काठमाडौँ - नेप्से परिसूचक आज (आइतबार) १०.२३ अंकले बढेर बन्द भएको छ ।

नेप्से ०.५२ प्रतिशतले बढेर १९४२.६८ विन्दुमा बन्द भएको हो । गएको बिहीबार नेप्से २८.९२ अंकले घटेको थियो ।

आज कारोबारमा आएका १३ समूहगतमध्ये हाइड्रोपावर समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक ०.१४ प्रतिशतले घटेको छ ।

यस दिन एक अर्ब सात करोड रूपैयाँको सेयर कारोबार भएको छ । २७६ धितोपत्रको ४३ लाख १४ हजार ४१७ कित्ता खरिद-बिक्री भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्