नेभिगेशन
मनोरञ्जन

कस्ता–कस्ता मिस नेपालः खड्गीको सम्बन्ध बिच्छेद, खतिवडाको नयाँ प्रेमी!

काठमाडौं रंगिन दुनियाँको एउटा फलामे गेट मानिन्छ, मिस नेपाल प्रतियोगिता। यो प्रतियोगिता सन् १९९४ सालदेखि नेपालमा सुरु भएको थियो। हालसम्म भएका मिस नेपाल सीमित मात्र चर्चा र गसिपमा आए भने कतिपय गुमनाम भए।

कोको हुन् मिस नेपाल, के गरिरहेका छन् त?

संस्करणकै पहिलो मिस नेपाल हुन्, रुबी राणा शाह। सन् १९९४ मा आयोजित प्रतियोगीताबाट ताज पहिरिएकी उनी अहिले व्यवसायमा सक्रिय छन्। काठमाडौंमा रुवीज कलेक्सन नामक व्यवसाय संचालन गर्दै आएकी उनी टिकटकमा सक्रिय छिन्। केही फिल्म खेलिन् तर चलिनन्। राणा टिकटकमा सक्रिय छिन्। तर उनी पछिल्ला दिनमा अलिक खुलेर नाचेका कारण आलोचना र प्रशंशाको पात्र पनि बनिरहेकी छन्। कतिपय मिस नेपाल बदनाम हुँदा पहिलो मिस नेपालचाहिँ गुमनाम छैनन्।

१९९५ मा भएको दोस्रो मिस नेपाल हुन्, सुमी खड्का। उनले १८ वर्षकै उमेरमै मिस नेपालको ताज पहिरिन्। मिस नेपालपछि चलचित्र सुपरस्टारमा काम गरिन्। हाल कतार एयरवेजमा एयर होस्टेजको रुपमा कार्यरत रहेको बताइन्छ। तर मिडियाभन्दा पर छिन्। 

१६ बर्षको उमेरमा नै मिस नेपालको ताज पहिरिएकी पूनम घिमिरे ताज पहिरिएको ३ वर्षमै अमेरिका पलायन भइन्। १९९६ की यी मिस नेपालको आम रुपमा चर्चा समेत भएन, नत विशिष्ट छाप नै छाड्न सकिन्।

१९९७ मा सम्पन्न मिस नेपाल प्रतियोगितामा पोखराकी स्थायी बासिन्दा निलिमा गुरुङले १९ वर्षको उमेरमा ताज पहिरिएकी थिइन्। केही म्युजिक भिडिओमा खेले पनि यीनि चल्न सकिनन्। यी पनि गुमनाम नै छिन्।

१९९७ मा मिस वल्र्ड नेपालको उपाधि जितेकी झरना बज्राचार्य स्मार्ट हिरोइनको छविमा केही वर्ष रूमल्लिइन्। एउटा हिन्दी फिल्ममा गरेको कामुक नृत्यका कारण केही समय उनको चर्चा भयो। सोनु निगम निर्मित लभ इन नेपाल भन्ने फिल्मको कतरा कतरा बोलको गीतमा उनको कामुकता छचल्किएको थियो।

jharana_bajracharya_photo_shot-41693812990.jpg

रंगीन दुनियाँमा चर्चा भैरहे पनि चलचित्र र प्रेममा भोग्नुपरेको असफलताको कारण उनि गुमनाम हुन पुगिन्। मलेसियन व्यवसायी राहुल अग्रवालसँग विवाह गरेकी झरना उतै हराइन्।

१९९८ मा मिस नेपाल बनेकी ज्योति प्रधान ताजसँगै अमेरिका पलायन भइन्। मिस नेपालको उपाधि जितेकै वर्ष अमेरिका पलायन भएपछि आयोजकहरूले उनको उपाधि खोसेको थियो। उनको ताज फिर्ता भएपछि दोस्रो रनरअप निरु श्रेष्ठ मिस नेपाल बनेकी थिइन्। यीनि पनि प्रधानजस्तै अमेरिकातिर नै बेखबर हुनेगरी भासिइन्।

१९ बर्षको उमेरमा मिस नेपालको ताज लगाएकी स्वेता सिंहका लागी उपाधी अर्थ न ब्यर्थ भयो। पर्सनालिटी डेभलपमेन्टको क्षेत्रमा कार्यरत श्वेताले केही समय मिस नेपाल प्रतियोगिताको अफिसियल प्रशिक्षकका रूपमा समेत काम गरेकी थिइन् । श्वेता युकेमा सम्पन्न मिस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधीत्व समेत गरिन् ।

सन् २००० मा मिस नेपालको उपाधि हात पारेकी उषा खड्गीको जीवनमा अहिले उतार चढाव छ। काठमाडौंमा नै बुटीक चलाइरहेकी उनी टिकटकमा देखिन्छिन्। पति जीपी तिमल्सिनासँग डिभोर्स गरेकी उषाले आफूले यातना पाएको खुलाएकी थिइन्। यसले पछिल्ला दिनमा उनको चर्चा भयो।

Usha-Khadgi-Miss-Nepal-121693812942.jpg

माल्भि सुब्बा २००२ की मिस नेपाल हुन्। म्युजिक भिडियो, चलचित्र, विज्ञापन, फेसन शोसहित बिभिन्न विधामा काम गरे पनि निजी जीवनका उतार चढावका कारण उनी पनि पछिल्ला दिनमा गुमनाम छिन्।

प्रिती सिटौलाले मिस नेपालको ताज पहिरिए पनि अहिले चर्चाको दुनियाँभन्दा बाहिर छिन्। २२ वर्षको उमेरमा सन् २००३ मा मिस नेपालको उपाधि जितेकी उनी खासै मिडियामा छैनन्।

गैडा संरक्षण र बिभिन्न सामाजिक काममा समेत सक्रिय भएकी पायल शाक्य सन् २००४ की मिस नेपाल हुन्। २०११ मा अग्लिज ब्याण्डका सरुण ताम्राकारसँग बिहे गरेकी उनि ताज पहिरिएको २ वर्षमै अस्टे«लिया पलायन भइन्।

धेरै चर्चामा रहेकी मिस नेपाल हुन् सुगरीका केसी। उनी मिडियामा पनि सक्रिय भइन्। सन् २००५ की मिस नेपाल रेडियो जक्कीका रुपमा समेत केहि समय काम गर्नेमा पर्छिन्।

गुमनाम हुने मिस नेपाल हुन् शितास्मा चन्द। अस्ट्रेलियाली श्रीमान् बेन प्रिन्ससँग दुबईमा बसेको चर्चा चलेकी उनी २३ बर्षको उमेरमा सन् २००७ मा ताज पहिरिने मिस नेपाल हुन्। उनको चर्चा त्यति चलेन।

हाउस वाइफका रुपमा रहेकी जेनिशा मोक्तान २००९ की मिस नेपाल हुन्। ब्यवसायी दिकेश मल्होत्रासँग विहे गरेपछि उनी रंगिन दुनियाँबाट टाढा छिन्।

विभिन्न कार्यक्रममा उद्घोषिकाको रुपमा अहिले पनि सक्रिय छिन् २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठ। अहिलेसम्म दर्जनौं विज्ञापनमा समेत देखा परेकी छिन्। सन् २०१७ मा एशियन इन्स्च्यिुट अफ टेक्निोलोजी थाइल्याण्डवाट बिजनेश एडमिनिस्ट्रेसन विषयमा स्नाकोत्तर तहमा विशिष्ट श्रेणी सरहको ग्रेड प्वाइन्ट प्राप्त गरी प्रथम भएकी सदिक्षाको सुन्दरताको चर्चा सधै हुने गरेको छ।

केही फिल्ममा देखिने गरेकी मिस नेपाल २०११ मलिना जोशी प्रेम र गसिपमा केही समय चर्चामा रहिन्। चलचित्र क्षेत्र र मोडलिङ दुनियाँमा सोचेजस्तो सफल भइनन् ।

मिस नेपाल भएर चलचित्र क्षेत्रमा संघर्ष गर्ने अभिनेत्रीको सुचिमा सृष्टि श्रेष्ठको नाम पनि आउँछ। २३ वर्षको उमेरमा सन् २०१२ मा मिस नेपालको उपाधि जितेकी सृष्टि त्यसपछि भने चलचित्र उद्योगमा सक्रिय भइन्। अभिनेता सौगात मल्लसँगको प्रेम सम्बन्धका कारण उनी पनि मिडियाको केन्द्रमा रहेकी थिइन्। तर अहिले भने उनको सौगातसँग सम्बन्ध नरहेको भन्ने चर्चा पनि छ।

Asmi-Shrestha1693813047.jpg

अमेरिकामा रहेकी मिस नेपाल २०१३ इशानी श्रेष्ठ पेशाले दन्त रोग विशेषज्ञ हुन्। मिस नेपालपछि खासै चर्चामा नआएकी इशानी पनि मिडियामा त्यति सक्रिय रहेको पाइँदैन।

सुबिन लिम्बू २३ वर्षको उमेरमा सन् २०१४ मा मिस नेपाल घोषित भइन्। ग्लोबल गोर्खा नेपाल परिषद्को नेपाल च्याप्टर प्रमुखका रूपमा व्यस्त रहेकी उनी पनि मिडियामा खासै सक्रिय रहेकी छैनन्।

इभाना मानन्धर २३ वर्षको उमेरमा सन् २०१५ मा मिस नेपालको उपाधि जित्न सफल भएकी हुन्। यीनि पनि पलायन भएकीमा पर्छिन्।

सन् २०१६ मा मिस नेपाल बनेकी अश्मि श्रेष्ठ २२ बर्षको उमेरमा मिस नेपाल बनिन्। त्यसपछि गुमनाम भइन्। बलिउका एक गायकसँग गुपचुग डेटिङमा रमाइरहेको गसिपमा उनको नाम आउने गरेको थियो।

मधेसी मूलकी निकिता चण्डकले सन् २०१७ को मिस नेपालको ताज पहिरिँदा निक्कै चर्चा भयो। त्यसपछि उनी फिल्ममा सक्रिय छिन्। अहिले पनि उनी यहि क्षेत्रमा रहेकी छन्।

२०१८ की मिस नेपाल श्रृंखला खतिवडाका निक्कै चर्चा भयो।  विश्व सुन्दरीकोे टप १२ मा पुगेर फर्किन सफल भइन्। नेकपा एकीकृत समाजवादीका नेता बिरोध खतिवडाकी छोरी उनी पनि गसिपबाट अलग भइनन्। भ्लगर सिसन बानियाँसँगको प्रेमका कारण चर्चामा आएकी उनी पछिल्लो समय सञ्चार उद्यमी कैलाश सिरोहियाका जेठा छोरा सम्भव सिरोहियासँग प्रेममा रहेको चर्चा छ। 

Sambhav-Sirohiya-and-Shrinkhala-Khatiwada-550x3451693813159.jpg

सन् २०१९ को मिस नेपाल हुन् अनुष्का श्रेष्ठ। मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले उपाधि जितेकी थिइन्। अष्ट्रेलियावासी उनी समाजसेवामा लाग्ने अपेक्षा गरिए पनि अहिले निस्क्रिय छिन्।

सन् २०२० कि मिस नेपाल बिजेता हुन्, नम्रता श्रेष्ठ। २३ वर्षको उमेरमा मिस नेपाल उपाधि जितेकी थिइन्। किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रता मिडियामा भने त्यति खुलेकी छैनन्।

कोरोना महामारीलगायतका विभिन्न कारणले सन् २०२१ मा मिस नेपाल हुन सकेन। २०२२ को मिस नेपालको उपाधि भने प्रियंका रानी जोशीले जितेकी थिइन्। यिनी पनि यो एक बर्षको दौरानमा कहिँ कतै खासै चर्चामा आएकी पात्र होइनन्।

मिस नेपाल २०२३ को उपाधि २३ वर्षीया श्रीच्छा प्रधानले जितिन्। गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो उपाधि जितेकी हुन्। उनले पहिलो मिस नेपाल रुवी राणाकी छोरी प्रसिद्धि शाहलाई फस्ट रनरअपमा रोकेर ताज पहिरिएकी थिइन्।

यो दुनियाँ अलग छ, समाज अलग छ। कोही नाम भएर चर्चामा छन्, कोही बदनाम भएर। तर, हालसम्मका धेरै मिस नेपालचाहिँ नाम र बदनामभन्दा पनि गुमनाम छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन