Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रायोजित कारण देखाएर ‘प्रकाश’लाई दिइएन राष्ट्रिय अवार्ड, भुवन केसीको ‘इगो’ छताछुल्ल

​​​​​​​उत्कृष्ट फिल्मको अवार्ड दिन प्रस्ताव गर्ने समिति संयोजक राजेन्द्र सलभ कार्यक्रममा नजानुको कारण पनि त्यहि हो
बिहीबार, भदौ १४, २०८०

काठमाडौं यस बर्ष सरकारले दिइएको राष्ट्रिय फिल्म अवार्डमा युद्धको मर्म र ग्रामिण जीवनलाई प्रस्तुत गरेको प्रकाशलाई अन्याय गरिएको छ।

उत्कृष्ट फिल्म अवार्डका लागि निर्णय भई चलचित्र विकास बोर्डमा प्रस्ताव गरिएको थियो। तर, विकास बोर्डका अध्यक्ष भुवन केसीको नीजि इगोका कारण उत्कृष्ट फिल्मको क्याटेगोरी नै काटेर प्रकाशमाथि अन्याय गरिएको हो।

केसीले उक्त क्याटोगोरी हटाउनका लागि सञ्चारमन्त्री रेखा शर्मालाई देखाएका छन्। माओवादी युद्धको विषयमा भएका कारण उत्कृष्ट फिल्मको अवार्ड दिन नसकिएको बताइए पनि खासमा यस फिल्मका अभिनेता प्रदीप खड्कासँग आन्तरिक इगो साँध्न विकास बोर्ड अध्यक्ष केसीले नै क्याटेगोरी हटाएका थिए।

केसीको मनोपोली भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले वितरण गर्ने उक्त अवार्ड कार्यक्रममा छनौट समितिका संयोजक नै उपस्थित भएनन्। उत्कृष्ट फिल्मको अवार्ड दिन प्रस्ताव गर्ने समिति संयोजक राजेन्द्र सलभ कार्यक्रममा नजानुको कारण पनि केसीको मनोपोली निर्णय रहेको बताइएको छ।

यस्तो किन गरियो भन्नेमा हामी अचम्मित छौं। कुनै पनि फिल्म भनेको समाजको कथा बोकेर आएको हुन्छ, सृजनाको उत्कृष्टतामाथि कुनै पनि सत्ताले निषेध गर्न पाउँदैन, प्रकाशका लेखक विकास सुवेदी भन्छन्,‘यसमा अन्य विषयले पनि काम गरेको बुझिएको छ।

यस फिल्मका अभिनेता प्रदीप खड्काले पनि प्रतिक्रिया दिएका छन्।

प्रकाशसँग सरकार डराएको देखिएन, बरू प्रक्रियागत हिसाबले अगाडी बढेको पाईयो। व्यक्ती बिशेषचाँही बरु लेखक विकास सुवेदी, म कलाकार प्रदीप खड्का र चलचित्र प्रेमगीत३ सँग डराएको बुझियो, खड्काले लेखेका छन्।

उनले अगाडि लेखेका छन्

सरकारबाट चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरणमा जोड दिन प्रतिबद्धता आईरहँदा, प्रेमगीत३ मार्फत सोही उदेश्यसहितको कदम बढीसकेको जानकारी गराइयो। दिग्भ्रमित गर्ने हिसाबले गरिएको कानूनको उपहासको दोष, कुनै पार्टी विशेषानथि थोपरेर पानी माथिको ओभानो बन्न खोजेको पनी चर्चा भयो ।

पार्टीगत हिसाबमा पनि कुनै चित्त दुखाई रहेको छ कि भन्ने जिज्ञासामा, चलचित्र प्रकाश सेन्सर पास भएर प्रदर्शनमा आएकाले चलचित्रप्रति कुनै पनि पूर्वाग्रह नरहेको र यहि तर्क जुरीको निर्णय अनुरूप सोहि चलचित्रबाट निर्देशक र नायिकाले अवार्ड पाउनुले प्रष्ट बुझिने तथ्य आस्वस्त पारियो। समग्रमा बुझ्दा सरकार र पार्टीको बहानामा व्यक्तिगत रिसिइवी साँध्न सम्मानित मन्त्रालय साथै पूरा सरकारको नाम प्रयोग भएको बुझियो।

मलाई अवार्ड नादिँदा अवार्डको औचित्यमा नै प्रश्न आओस्, त्स्तो काम गर्न सकौ भन्ने मान्यतामा हिडेको व्यक्ति म, मिडिया फिल्मकर्मी र शुभचिन्तकप्रति यो शुभेक्षा, हौशलाप्रति आभार व्यक्त गर्दै यसरी नै मेहेनत साथ चलचित्र क्षेत्रमा आगामी कदम चल्ने मनशाय बनाईयो।

चलचित्र प्रकाशका आधिकारीक र सम्वन्धित व्यक्तिरूद्वारा आजको भेट पश्च्यात हालै सम्पन्न राष्ट्रिय अवार्डमा नेपाली चलचित्र क्षेत्रमाथि भएको चरम उत्सृङ्खलता र समग्र चलचित्रकर्मीले भोगेको अन्यायमा न्याय पाउँन राइट टु इन्फरमेशन अर्थात् सूचनाको हकको प्रयोग गर्दै उत्कृष्ट चलचित्र किन घोषणा भएन भनेर प्रश्न गर्ने र आवश्यक परे कानुनी प्रक्रियामा जाँदा उपयुक्त हुने निस्कर्ष पनि निकालियो।

अन्ततः सकेसम्म नबोलौं भन्दा भन्दै पनि यो न्याय हराएको देश भनिने ठाउँमा अन्याय सहनु पनि गलत नै हो भन्ने चिन्तनका साथ परिआए यहि देशकै न्यायालयको ढोका ढक्ढकाउने भैयो। जय नेपाल, जय नेपाली चलचित्र।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्