नेभिगेशन
सुरक्षा–अपराध

बेपत्ता सेनाका मेजर कहाँ पुगे होला? सीडिओको शंका स्याउ खान गए!

काठमाडौं डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स ब्यारेक भदालेका प्रमुख मेजर विमल पण्डित बेपत्ता भएको ४० घन्टा नाघेको छ। उनलाई नेपाली सेनाका अधिकारी र समग्र सुरक्षाकर्मीले खोजीरहेका छन्।

पण्डित सदरमुकाम दुनैबाट सार्वजनिक जीप रिजर्भ गरेर त्रिपुराकोट हिँडेको र त्यसपछि सम्पर्कविहीन भएका हुन्। डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले भने उनी स्याउ खान गएको आशंका गरेका छन्। तर परिवारले चिन्ता लिएका छन्। 

त्रिपुरा, लिपु, खोदाङ्ग लगायतका साइटमा खोजी भए पनि उनी फेला पर्न सकेका छैनन्।

दुर्गम जिल्ला भएको हुँदा स्याउ खाने हिसाबले गाउँमा गएको हुन सक्ने पोखरेलको अनुमान छ।

मेजर पण्डितको खोजीका लागि हिजो साँझदेखि नै नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन्। आखिर उनी कहाँ पुगे होला? यसले धेरैलाई सताएको छ।

सैन्य स्रोतका अनुसार खोजी कार्य तिव्र पारिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध