Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुन तस्करी प्रकरण

सुन तस्करी काण्डको जरोसम्म पुग्दैछ प्रहरी, थप ४ चिनियाँ नागरिक पक्राउ

बुधबार, साउन ३१, २०८०

काठमाडौंसुन तस्करी प्रकरणमा सरकार आक्रामक हुँदै प्रहरीलाई गतिशील बनाएपछि जरोसम्म पुग्नेगरी अनुसन्धान जारी राखिएको छ। सोही क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने चिनियाँ नागरिकमा डीङ सेग्फा, वेन तोङ, ली–नेङकाई र टीयान मी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइने छ ।

उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ । सुन तस्करी प्रकरणमा पक्राउपर्नेको सङख्या २१ पुगेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।

साउन ३ गते बरामद भएको ६० केजी ७१६ ग्राम सुन बरामद प्रकरणमा प्रहरी गहिरोगरी चलायमान छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले ती चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको हो।

उक्त सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई बुझाएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्